×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको नाफासँगै ईपीएस पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल पुनर्बीमा कम्पनीको नाफासँगै ईपीएस पनि घट्यो

Artha Sarokar

२८ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १३.४९ प्रतिशतले घटेको हो । कम्पनीले असार मसान्तसम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमा शुल्क ८.५७ प्रतिशतले बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशतले बढेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ ।

असार मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दनी (ईपीएस) पनि घटेको छ । यसअवधिमा कम्पनीको ईपीएस ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ भने मूल्य आम्दनी अनुपात १९२.५५ गुणा रहेको छ । त्यस्तै, कम्पनीको जेगडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी