×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जका थप १० सहकारी संकटमा, केही सहकारीका सञ्चालक फरार, केही सहकारी ‘सेटलमेन्ट’ गर्दै ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वीरगञ्जका थप १० सहकारी संकटमा, केही सहकारीका सञ्चालक फरार, केही सहकारी ‘सेटलमेन्ट’ गर्दै ! 

Artha Sarokar

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वीरगञ्जमा थप १० सहकारी संकटग्रस्त बनेको पाइएको छ । वीरगञ्ज महानगरले गरेको निरीक्षण तथा अनुसन्धानका क्रममा जिल्लाका अन्य थप १० सहकारी संकटग्रस्त अवस्थामा पुगेको भेटाएको हो । 

सहकारीका बचतकर्ताको ठूलो रकम हिनामिना गरेर सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि अन्य सहकारीमाथि पनि छानबिन तथा निगरानी गर्ने क्रममा थप १० सहकारी संकटग्रस्त अवस्थामा पुगेको भेटिएको महानगरको आर्थिक महाशाखा अन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जनाएको छ ।

तर, शाखाले संकटग्रस्ट अवस्थामा भेटिएका १० सहकारीको नाम भने खुलाएको छैन । एकैपटक संकटग्रस्त १० सहकारीको नाम सार्वजनिक गर्दा बचतकर्तामा भयको अवस्था सृजना हुने र अवस्था झन बिग्रिन सक्ने भन्दै तत्कालका लागि सहकारीको नाम नखुलाइएको महानगरका एक कर्मचारीले बताएका छन् । 

ती कर्मचारीका अनुसार संकटग्रस्त अवस्थामा भेटिएका १० मध्ये केही सहकारीका सञ्चालक सम्पर्कविहीन छन् भने केही सहकारीका सञ्चालकले सहकारी र बचतकर्तासँग सेटलमेन्ट गर्ने प्रयास गरिरहेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी