Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठगीः जेलमा रहेका केदारनाथ शर्मा दम्पत्तीको नाममा १०० ठाउँमा जग्गा, ११६ वटा गाडी किनेको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्पक्षका लागि जेल चलान भएका केदारनाथ शमाले सहकारीको २२ अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलासा भएको छ । सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा शर्मा र उनकी श्रीमती गीता शर्माले २२ अर्बभन्दा बढी रकम घोटाला गरेको खुलेको हो ।

यतिसम्म की अनुसन्धानका क्रममा केदारनाथ शर्मा दम्पत्तीले सहकारी ठगेको पैसाबाट १०० ठाउँमा जग्गा र ११६ वटा गाडी किनेको पनि खुलासा भएको छ ।

सहकारीको रकम हिनामिना गरेर जग्गा किनेको, गाडी खरिद गरेको तथा बिना धितो विभिन्न संस्थाबाट ऋण लिएर अपचलन गरेको भेटिएपछि शर्माविरुद्ध भक्तपुर जिल्ला अदालतमा २२ अर्ब ८८ करोड ९५ लाख ७० हजार ४ सय १५ रुपैयाँ बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको उक्त मुद्दामा शर्मासहित शिखर अर्गनाइजेसनकी निर्देशक (शर्माकी श्रीमती) गीता शर्मा, म्यानेजर पुस्कर मल्ल, शिव शिखर सहकारीका सञ्चालक समितिका अध्यक्ष सुशील बानियाँ, व्यवस्थापक लीलानाथ गौतम, सचिव तेजबहादुर तामाङ, मन्दीप खवास, सबिना न्यौपाने र सहकारीका ऋण अधिकृत मुकुन्द कपालीलाई प्रतिवादी बनाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK