Skip to content
LAXMI SUNRISE BANK

सेयर किनबेच गर्न उक्साउनेलाई धितोपत्र बोर्डले कारबाही गर्ने, बजार समयमा लाइभ बस्नेको लिष्ट तयार हुँदै ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर किनबेच गर्न उक्साउनेलाई कारबाही गर्ने भएको छ । एक सूचना जारी गर्दै बोर्डले बजार प्रभावित पार्ने र सेयर खरिद वा बिक्री गर्न उत्साहित गराउनेलाई कारबाही गर्ने जनाएको हो । 

पछिल्लो समय बजार बढ्न थालेपछी खुलेयाम सेयर खरिदबिक्री गर्न उक्साउने गतिविधि भएको गुनासो बढेपछि कारबाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउन लागेको बोर्डका एक अधिकारीले बताएका छन् ।

बोर्डद्वारा जारी सूचनामा पनि फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमा अनधिकृत रुपमा बजारलाई प्रभावित गर्नेगरी अन्तर्वार्ता तथा अभिव्यक्ति दिए कारबाही गर्ने भनिएको छ । 

त्यस्तै, बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको स्मरण गराउँदै त्यस्तो कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर मानिने जनाएको छ ।

सोही अन्तर्गत बोर्डले बजारलाई प्रभावित पार्नेगरी सामाजिक सञ्जालमा हुने गतिविधिमाथि निगरानी बढाएको छ भने केहीलाई कारबाही गर्नेगरी तयारीसमेत गरेको बोर्डका उच्च अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार बजार समयमा लाइभ बसेर यो किन्नुस्, त्यो बेच्नुस् भन्नेहरुको लिष्टसमेत तयार गर्ने काम भइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK