काठमाडौँ । नेपाल धितोपत्र बोर्डविरुद्ध सेयर लगानीकर्ताहरु अदालत जाने भएका छन् । आफू र रिलायन्स स्पिनिङ मिल्सलाई जोगाउन प्राकृतिक न्यायको सिद्धान्त विपरीत काम गरेको भन्दै लगानीकर्ता अदालत जाने भएका हुन् ।
कमजोर कम्पनीलाई महँगो मूल्यमा आईपीओ जारी गर्ने स्वीकृति दिएको भन्दै विवादित बनेको बोर्ड आफैँले आफूले गरेको काम ठिक भन्दै पत्र काटेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुसन्धान गर्न नपर्ने भनेपछि अदालत जान लागेको सेयर लगानीकर्ताहरुले बताएका छन् । उनीहरुले बोर्डले आफूले गरेको कामलाई आफैँले ठिक भनेर अनुसन्धान गर्न नपर्ने भन्दै पत्र काट्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको बताएका छन् ।
आईपीओ निष्कासनको स्वीकृति आफैँ दिने र आफैँ दिएको स्वीकृतिलाई आफैँले ठिक छ भन्दै अनुसन्धान गर्न नपर्ने भन्दै पत्र काटेपछि बोर्डलाईसमेत प्रतिवादी बनाएर अनुसन्धानको आदेश माग लगानीकर्ताहरु पुनः अदालत जान लागेका छन् ।
यसो त रिलायन्सको आईपीओबारे चौतर्फी प्रश्न उठेपछि र सार्वजनिक लेखा समितिलेसमेत बोर्डसँग जवाफ मागेपछि बोर्डले रिलायन्सको आईपीओ प्रक्रिया रोकेको थियो ।
सोही दिन अदालतलेसमेत धितोपत्र बोर्डलाई रिलायन्सको आईपीओ तत्कालका लागि स्थगित गर्न आदेश दिएको थियो । पछि अदालतले बोर्डले छानबिन गरिरहेको अवस्थामा अदालतले रोकिरहनु नपर्ने भन्ने आशय व्यक्त गरेको थियो ।
तर, सोही फैसलाको अपव्याख्या गर्दै बोर्डले पुनः रिलायन्सलाई आइपिओको पुनः स्वीकृति दिन खोजेको लगानीकर्ताको आरोप छ । जबकी लेखापरिक्षकले बदनियत राखेर झुटो विवरणलाई सहि भनेको आरोपका विषयमा आइक्यानले सम्बन्धित सिएलाई स्पस्टिकरण सोधेको छ भने अनुसन्धान पूरा भएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्