×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका प्रतिनिधि हटाइँदै, आइक्यानको भने रहने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघका प्रतिनिधि हटाइँदै, आइक्यानको भने रहने !

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधि हटाइने भएको छ ।

स्थार्थ बाझिन सक्ने अवस्थालाई न्यूनिकरण गर्न अर्थ मन्त्रालयले एफएनसीसीआईआईक्यानका प्रतिनिधिलाई बोर्डको सञ्चालक समितिबाट हटाउन लागेको हो । 

यसका लागि अर्थमन्त्री विष्णु पौडेलले संसद्मा धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ दर्ता गराएका छन् । जसमा बोर्डको संचालक समितिबाट एफएनसीसीआईका प्रतिनिधि हटाइने प्रस्ताव गरिएको छ । आइक्यानको प्रतिनिधि भने नहटाईएको आइक्यानले जनाएको छ  । 

यसका साथै धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्डको अध्यक्ष तथा उच्च पदाधिकारीलाई कुलिङ्ग पिरियड र दण्ड, सजायका व्यवस्थापमासमेत थप कडाईको प्रस्ताव गरिएको छ । त्यस्तै, धितोपत्र बोर्डको अध्यक्ष भइसकेको व्यक्तिले बोर्ड छोडेको दुई वर्षसम्म सूचीकृत कम्पनीमा काम गर्न नपाउने गरी ऐन संशोधनको प्रस्ताव गरेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी