काठमाडौँ । पूँजी बजारसँग सम्बन्धित चार संगठनले सेयर बजारबारे जथाभावी बोल्ने सांसदबाट क्षतिपूर्ति भराउन माग गरेका छन् । जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानी संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संसद्मा बजारबारे जथाभावी बोल्ले सांसदबाट दुई खर्ब बढी क्षतिपूर्ति भराउन माग गरेका हुन् ।
पूँजी बजार लगानीकर्ताको माग र आपूर्तिले चल्ने र कम्पनी कति सुरक्षित छ वा छैन भन्ने कुरा लगानीकर्ता स्वयंले निर्धारण गर्ने भन्दै चार संठगनले जनताको प्रतिनिधित्व गर्ने सांसदले संसद्मा बजारबारे जथाभावी बोल्नु गलत भएको बताएका छन् ।
संसद्मा सांसद प्रकाशशरण महत, अमरेशकुमार सिंह, राजन दाहाल लगायतले बजारबारे नबुझी, अध्ययन नै नगरी मनपरी अभिव्यक्ति दिएकै कारण सेयर बजारमा एकैदिन दुई खर्बभन्दा बढी क्षति भएको पनि संठगनहरुको दाबी छ ।
उनीहरुले बजारबारे सांसदले दिएको अभिव्यक्तिकै कारण बजारमा दुइ खर्ब बढीको क्षति भएकाले बजारबारे जथाभावी बोल्ने सांसदमाथि छानबिन गरी कारबाही गर्न र क्षतिबापतको दुई खर्ब बढी रकम असुल गर्न पनि माग गरेका छन् । त्यस्तै, उनीहरुले बजारबारे जथाभावी बोल्ने सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध एकजुट हुन र आवश्यक परे सशक्त प्रतिकार गर्न पनि लगानीकर्तालाई आह्वान गरेका छन् ।
केही दिनअघि संसद् बैठकमै पूर्वअर्थमन्त्रीसमेत रहेको नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले बुल बजारलाई स्वभाविक रुपमा लिन नसकिने बताएका थिए भने स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्मा कम्पनी र केही व्यक्तिको नामै तोकेर ती कम्पनीमा चलखेल भएको भन्दै छानबिनको मागसमेत गरेका थिए । सांसदहरुले यस्तो अभिव्यक्ति दिएको भोलिपल्टै सेयर बजार १४५.०५ अंकले घटेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्