काठमाडौँ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, सीआईबी लगायतमा रिलायन्सको आइपीओको अनुसन्धान रोक्न एक ठुलो समूह नै लागि परेको चर्चा चलिरहेका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बोर्डलाई लेखेको पत्र बोर्ड पुग्नु अगावै रिलायन्सका कर्मचारीसमक्ष पुगेको पाइएको छ । बोर्डका अधिकारीहरुसँग मिलेर रिलायन्सका कर्मचारीले सीआईबी र बोर्डबीचको गोप्य पत्राचार हात पारेको र मिडियामा दिएकोसमेत पाइएको हो ।
सीआइबीले असार ३२ गते धितोपत्र बोर्डलाई पत्र लेख्दै रिलायन्सको उजुरी तामेलीमा राख्ने निर्णय भएको जानकारी गराएको थियो । तर बोर्डकै अधिकारीहरुले सो पत्र बोर्डमा भन्दा पहिला मिडियामा देखेको स्वीकार गरेका छन् । बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले आफुले पनि सो पत्र कार्यालयमा नभई अनलाइन मिडियामा देखेको स्वीकार गरेका छन् । ‘हिजो (शनिबार) अफिस गईन । मैले पनि अनलाइनमा सो पत्र देखेको हुँ ।’ अधिकारीले अर्थ सरोकारसँग भने ।
उनले यसो भनेको २ दिन अघि अर्थात शुक्रबार नै विभिन्न मिडियामा सो पत्र पुगिसकेको थियो भने रिलायन्सका कर्मचारीले आफुहरुले क्लिन चिट पाएको भन्दै विभिन्न संचारमाध्यममा समाचार बनाईदिन आग्रह गरिरहेका थिए । शुक्रबार रिलायन्सकै एक कर्मचारीले आफ्नो कम्पनीको सेयर १२०० सम्म पुग्ने भन्दै सीआइबीले क्लिन चिट दिएको खबर अर्थ सरोकारमा राखिदिन आग्रह गरेका थिए । यसले धितोपत्र बोर्ड र सीआईबी बीच हुने गोप्य पत्राचार नै व्यवसायीको हातमामा हुने आशंकालाई बढावा दिएको छ ।

कसले बाहिर ल्यायो बोर्ड र सीआईबीको पत्र ?
बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले भने सीआईबीले संचारकर्मीलाई सो पत्र दिएको हुन सक्ने बताएका छन् । ‘सीआईबीसँग कसैले मागेको हुनसक्छ । हामीबाट पत्र बाहिरिएको नहुनुपर्छ ।’ अधिकारीले अर्थ सरोकारसँग भने । यता सीआईबीका प्रवक्ता प्र. उ होबिन्द्र बोगटीले भने सीआइबीले गरेको पत्राचार सीआइबीबाट कुनै पनि हालतमा बाहिर नजाने र सो पत्रको गोपनियता कायम गर्ने जिम्मा नेपाल धितोपत्र बोर्डको भएको बताएका छन् । ‘हामीबाट सो पत्र बाहिर जाने कुरै भएन ।’ बोगटीले अर्थ सरोकारसँग भने, ‘यसको गोपनियता राख्ने काम धितोपत्र बोर्डको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्