Skip to content
LAXMI SUNRISE BANK

अर्थ समितिको बैठकमा सूर्य थापाको प्रश्न- ‘कारोबार समयमा सेयर बजारबारे किन छलफल गरेको ?’

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले कारोबार समयमा सेयर बजारबारे किन छलफल गरेको ? भन्दै प्रश्न उठाएका छन् । बिहीबार पूँजीबजारबारे छलफल गर्न बसेको अर्थ समितिको बैठकमा थापाले बजार समयमा किन बैठक बसेको भन्दै प्रश्न उठाएका हुन् । 

उनले कारोबार समयमा बजारलाई प्रभावित पर्नेगरी छलफल गर्नु वा बैठक बस्नु धितोपत्र ऐनको दफा ९५ र ९६ विपरीत हुने स्मरण गराएका छन् । 

त्यस्तै, थापाले पूँजी बजारबारे छलफल गर्न बैठक बस्दा बजार चलेको दिन कि कारोबार सुरु हुनुभन्दा अगाडि (११ बजे अघि) वा कारोबार समय सकिएपछि (३ बजेपछी) मात्रै बैठक बस्न वा छलफल गर्न पनि माग गरेका छन् । 

पछिल्लो समय निरन्तर बजार बढिरहँदा संसद्‍मा पनि सेयर बजारबारे प्रश्न उठ्न थालेपछी समितिले पनि सेयर बजारबारे चासो देखाएको छ । बुधबार अर्थ समितिको बैठकमा पूँजी बजारबारे छलफल भइरहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK