काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले कारोबार समयमा सेयर बजारबारे किन छलफल गरेको ? भन्दै प्रश्न उठाएका छन् । बिहीबार पूँजीबजारबारे छलफल गर्न बसेको अर्थ समितिको बैठकमा थापाले बजार समयमा किन बैठक बसेको भन्दै प्रश्न उठाएका हुन् ।
उनले कारोबार समयमा बजारलाई प्रभावित पर्नेगरी छलफल गर्नु वा बैठक बस्नु धितोपत्र ऐनको दफा ९५ र ९६ विपरीत हुने स्मरण गराएका छन् ।
त्यस्तै, थापाले पूँजी बजारबारे छलफल गर्न बैठक बस्दा बजार चलेको दिन कि कारोबार सुरु हुनुभन्दा अगाडि (११ बजे अघि) वा कारोबार समय सकिएपछि (३ बजेपछी) मात्रै बैठक बस्न वा छलफल गर्न पनि माग गरेका छन् ।
पछिल्लो समय निरन्तर बजार बढिरहँदा संसद्मा पनि सेयर बजारबारे प्रश्न उठ्न थालेपछी समितिले पनि सेयर बजारबारे चासो देखाएको छ । बुधबार अर्थ समितिको बैठकमा पूँजी बजारबारे छलफल भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्