×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुध्रिन्नः अर्थमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुध्रिन्नः अर्थमन्त्री

२७ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा संचालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा बोल्दै उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका हुन् ।

‘आजभोलि चलनचल्तीको भाषा छ–अर्थतन्त्र अहिले दवाबमा छ । राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन् । वास्तबमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु ।’, उनले भने, ‘कति भुक्तानीहरु गर्न बाँकी छन् । यदी राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ ।’

अर्थमन्त्री पोडेलले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । उनले भने, ‘गत वर्षको तुलनामा केही प्रगती भएको भएतापनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन् ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशन समेत दिएका छन् । ‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस् । सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् । र भन्सारका सदस्यरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस् ।’, उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी