काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्डको काम प्रभावित भएको बताएका छन् । अर्थ समितिको बैठकमा ‘लेखा समितिले के का आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने निर्णय गर्यो ?’ भन्ने विषयमा भएको छलफलमा पुनले बोर्ड अध्यक्ष नहुँदा धेरै काम प्रभावित भएको बताएका हुन् ।
उनले बोर्डमा अध्यक्ष नहुँदा बोर्डले गर्नुपर्ने काम ‘फूल फेज’मा नभएको र यसले समग्र सेयर बजारमा नकारात्मक असर परेको भन्दै अध्यक्ष नियुक्ति छिटो गर्न पनि माग गरेका छन् ।
त्यस्तै, संसदीय समितिले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने वा नगर्ने विषयमा प्रवेश गर्न नहुने पुनको भनाई छ । उनले संसदीय समितिको काम नीतिगत विषयमाथि छलफल गर्ने र नीतिगत निर्णय गर्ने भएको भन्दै क्षेत्राधिकार भन्दा बाहिर गएर आईपीओ जारी गर्न दिने वा नदिने भन्ने निर्देशन गर्न नहुने बताएका छन् ।
‘धितोपत्र बोर्डलाई कानुनभित्र रहेर काम गर्न निर्देशन दिनुपर्छ । कुनै कम्पनीको आईपीओ जारी गर्ने वा रोक्ने विषयमा संसदीय समिति प्रवेश गर्न मिल्दैन ।’, पुनले भने, ‘बरु सेयर बजारमा हुन्छ भनिएका चलखेल नहुने गरी नियामक निकायलाई बलियो बनाउनतर्फ केन्द्रित हुनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्