काठमाडौँ । कैलालीमा एक रातमै दुई सहकारीमा चोरीको प्रयास भएको छ । कैलालीको गोदावरी नगरपालिका-२ स्थित साना किसान कृषि सहकारी संस्था र मानाङ्क बचत तथा ऋण सहकारी संस्थामा चोरीको प्रयास भएको हो ।
सोमबार राती अज्ञात समूहले दुवै सहकारीको केन्द्रीय कार्यालयमा चोरीको प्रयास गरेका थिए । तर, दुवै सहकारीमा आर्थिक क्षति भने भएको छैन ।
चोरले रातीको समयमा चोरीको प्रयास गरे पनि सहकारीमा आर्थिक क्षति नभएको मानाङ्क सहकारीका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले बताएका छन् । चोरीको प्रयास भएको दिन सहकारीमा पैसा नराखेकोले पनि आर्थिक क्षति हुनबाट जोगिएको जोशीको भनाई छ ।
‘सहकारीमा रातीको समयमा चोरीको प्रयास भएको हो । चोरले सहकारीको गेट र ढोकामा लगाएको ताला फोडेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै प्रबन्धक जोशीले भने, ‘त्यसदिन हामीले सहकारीमा पैसा राखेका थिएनौँ । त्यसैले पनि आर्थिक क्षति हुन पाएन । तर चोरले सहकारीमा भएको एक थान ल्यापटप र सिसिटिभी क्यामेराको रिसिभर चोरेर लगेको छ । अन्य ठूलो क्षति केही भएको छैन ।’
यता सोही राती चोरीको प्रयास भएको साना किसान कृषि सहकारीमा पनि चोरले आर्थिक क्षति नगरेको साना किसान कृषि सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताएका छन् ।
खत्रीका अनुसार चोरले भल्ट फोड्ने प्रयास गरे पनि पूर्ण रुपमा फोड्न नसक्दा नगद चोरी हुन नपाएको हो । तर, करिब डेढ लाख मूल्य बराबरको भौतिक क्षति भने भएको खत्रीले बताए । ‘चोरले गरेको चोरीको प्रयासमा आर्थिक क्षति भएन । तर झ्यालढोका, भित्रका सामान र सिसिटिभीको सर्भर चोरी हुँदा १ लाख ५० हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै खत्रीले भने ।
हाल दुवै सहकारी चोरीको प्रयासमा संलग्नको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्