×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीको मनपरी बढेपछि एक्सनमा सरकार, खाजा खाने निहुँमा घण्टौ बिताए कारबाही गरिने ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कर्मचारीको मनपरी बढेपछि एक्सनमा सरकार, खाजा खाने निहुँमा घण्टौ बिताए कारबाही गरिने ! 

Artha Sarokar

२५ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्ने भएको छ । खाजा समयमा नाममा कर्मचारीले घण्टौँ बिताइदिने प्रवृत्ति बढेको भन्दै व्यापक जनगुनासो आउन थालेपछी सरकारले सरकारी कर्मचारीको खाजा समयमा कडाइ गर्न थालेको हो । 

सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोष्ट सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाजा खाने निहुँमा कर्मचारीले धेरै समय बिताउँदा कार्यालयको काम प्रभावित भएको भन्दै त्यसमा कडाइ गरिने जानकारी दिएका छन् । 

उनले केही कार्यालयमा कर्मचारीहरुले खाजा खान १ घण्टा समय लिने गरेको पाइएकोले हरेक दिन सरकारी कार्यालयमा खाजा समय १ः३० बजेदेखि २ बजेसम्म (आधा घण्टा) कायम गरिएको बताएका छन् । 

खाजा समयमा कसैले यो नियम उल्लंघन गरे वा खाजा समयका नाममा घण्टौँ बिताएर कार्यालयको कामै प्रभावित गरेमा हेल्लो सरकारमा कम्प्लेन गर्न पनि ओलिले आग्रह गरेका छन् । 

यसअघि सरकारी कार्यालयमा कर्मचारीहरुले खाजा समयको निहुँमा घण्टौँ बिताइदिने गरेको पाइएको छ । अझ कतिपय कार्यालयमा त कर्मचारीहरु खाजा समय भन्दै काम छोडेर निस्किने र होटल तथा क्यान्टिनमा लुडो खेलेर बस्नेसमेत गरेका छन् । जसका कारण सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् । तर कर्मचारीको खाजा समयमा कडाइ गर्ने सरकारको कदमले केही सहज हुने विश्वास गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी