×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिनिरल वाटरको १०० रुपैयाँ लिने जिम्बु थकालीलाई ३ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिनिरल वाटरको १०० रुपैयाँ लिने जिम्बु थकालीलाई ३ लाख जरिवाना

७ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीलाई जरिवाना तिराएको छ । ३५ रुपैयाँ पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँ लिएको भन्दै विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।

जिम्बु थकालीले उपभोक्ताहरुलाई मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताएका छन् । ‘उपभोक्ताबाट गुनासो आउन थालेपछि हामी रेष्टुरेण्टमा गयौँ, पानी मागिएको थिएन तर पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खायौँ, बिलमा ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई १०० रुपैयाँ लिइएको थियो ।’ उनले भने ।

उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए  ।

पौडेलले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने चेतावनी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी