Skip to content
LAXMI SUNRISE BANK

‘नियममा चल्ने सहकारी डुब्दैनन्, कसैलाई डुबाउँदैनन्’- ओली 

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसहकारी र अनुचित लाभ लिन खोज्नेहरुका कारण सहकारी क्षेत्र बिग्रिएको बताएका छन् । आइतबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा बोल्दै प्रम ओलीले यस्तो बताएका हुन् । 

उनले सेवा दिने भन्दा पनि लाभ मात्रै लिने उद्देश्यले प्रवेश गरेका व्यक्तिका कारण सहकारी क्षेत्रमा विकृति नै आएको बताएका छन् । 

‘सहकारी क्षेत्रमा केहीले बदमासी गरेका छन् । ठूलो रकम बिगारेका पनि छन् । तर बिगारेका केहीले हो । सहकारी धेरै छन् तर धेरै बिग्रिएका छैनन् ।’, ओलीले भने, ‘लाभ लिने मात्रै उद्देश्य बोकेर प्रवेश गरेका व्यक्तिका कारण सहकारी क्षेत्रमा विकृति आएको हो । सरकारलाई यो विकृति निर्मूल गर्न तत्पर छ ।’ 

त्यस्तै, ओलीले सहकारीको मर्मअनुसार र नियमसंगत ढंगबाट चलेका सहकारीहरु नडुब्ने र कसैलाई नडुबाउने भन्दै सहकारी क्षेत्रबाट गैरसहकारी तत्वलाई निस्तेज पार्न सरकार सजग रहेको पनि बताएका छन् । उनले सहकारी क्षेत्रका समस्या समाधान गर्ने उपायहरुसमेत समितिले सरकारलाई दिनुपर्ने भन्दै राष्ट्रिय समस्याका रुपमा देखापरेको सहकारी समस्या समाधान गर्न सरकार समितिको प्रतिवेदनको प्रतिक्षामा रहेको पनि उल्लेख गरेका छन् । 

‘समितिलाई हामीले निर्देशन दिने होइन, समितिले सरकारलाई निर्देशन गर्ने हो ।’, ओलीले भने, ‘हामी समितिको रिपोर्ट र सुझावको प्रतिक्षामा छौँ । सहकारीमा देखिएको डरलाग्दो विकृतिलाई अहिलेकै राज्य संयन्त्रबाट छानविन, निराकरण, कारबाही गर्ने की अर्को संयन्त्र बनाउने त्यो पनि तपाईंहरुले नै भन्नुस् ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK