काठमाडौँ । आफुलाई गैरकानुनी रुपमा कारवाही गरेको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध नै मुद्धा हालेर मुद्धा जितेका टेकबहादुर बोहरा पुन: नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नियुक्त भएका छन् । शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो ।
उनी यसअघि मिर्मिरे लघुवित्तमा अध्यक्ष थिए भने राष्ट्र बैंकले स्वार्थको द्वन्द हुनेगरी काम गरेको भन्दै कारवाहि गरेपछि अध्यक्ष पदबाट बाहिरिएका थिए । आफुविरुद्ध राष्ट्र बैंकले गैरकानुनी कारवाही गरेको भन्दै उनी अदालत गएका थिए । अदालतले उनलाई सफाई पनि दियो । तर, अदालतले सफाई दिंदा उनको मिर्मिरेमा कार्यकाल सकिएको थियो ।
उनकै पहलमा नेरुडेसँग मर्जरमा गएको मिर्मिरेमा त्यसपछि पोष्ट मर्जर लफडा निम्तिएका थिए । अन्तत: संस्थामा हदैसम्मको मनपरी हुन थालेपछि धेरैले बोहोरालाई नै अध्यक्षमा नियुक्त गर्नुपर्ने आवाज उठाईरहेका थिए । संस्थाले पनि यहि विषयलाई सम्बोधन गर्दै उनलाई अध्यक्ष बनाएको छ ।
उनी अध्यक्ष भएसँगै संस्थामा ‘मनपरी’ गरिरहेकाहरु भने त्राहिमाम भएका छन् । स्वयम् बोहोराले पनि संस्थामा मनपरी भईरहेको भन्दै आवाज उठाईरहेका थिए । बाहिर आवाज उठाउने व्यक्ति नै संस्थामा अध्यक्ष भएर आएपछि अन्तत: मनपरी गरिरहेका कर्मचारीहरु पनि त्राहिमाम भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्