×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन रोकिएन, डेपुटी सीईओको जागिर पनि नविकरण भएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन रोकिएन, डेपुटी सीईओको जागिर पनि नविकरण भएन

Artha Sarokar

१८ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कर्मचारीको आन्दोलनले अझै उग्र रुप लिइरहेको पाइएको छ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरपछि विभेदपूर्ण व्यवहार भएको भन्दै मिर्मिरेका कर्मचारीले सुरु गरेको आन्दोलन टुँगोमा नपुगेपछि कर्मचारी आन्दोलन थप उग्र बन्दै गएको पाइएको हो ।

२०८० फागुनमा १ः१ स्वाप रेसियोमा मर्जर भए पनि संस्थाका सीईओ र व्यवस्थापनको हेपाहा प्रवृत्तिले मिर्मिरेको अस्तित्व नै धरापमा परेको, कर्मचारीको अनावश्यक सरुवा र जिम्मेवारी परिवर्तन गरेर मानसिक तनाव दिएको तथा कर्मचारीलाई काममा प्रोत्साहन गर्नुको साटो उल्टै मनोबल गिराउने काम गरेको भन्दै कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् ।

तर, कर्मचारीको आन्दोलन वार्तामार्फत समाधान गर्नुको साटो व्यवस्थापनले पेलेरै जान खोजेपछि आन्दोलन थप चर्किने स्थितिमा पुगेको संस्थाका कर्मचारीहरुले बताएका छन् । आन्दोलनका कार्यक्रम घोषणा गर्दै पटकपटक मागप्रति ध्यानाकर्षण गराउँदा पनि व्यवस्थापन पक्षले माग सम्बोधनमा चित्त बुझ्दो पहल नगरेको कर्मचारीले बताएका छन् ।

अर्कोतर्फ कर्मचारीको आन्दोलन सेलाउन नपाउँदै पोष्ट मर्जर लफडा व्यवस्थापन टिममै पनि देखिन थालेको छ । स्रोतले दिएको जानकारी अनुसार संस्थाका डेपुटी सीईओ मिन बहादुर बोहोराको जागिरसमेत नविकरण गरिएको छैन । बोहोरा साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्थाबाट आएका हुन् ।

यता बोहोराले भने आफू जागिरबाट बाहिरिएको र अब गाउँमा गएर समाज सेवा गर्ने प्रतिक्रिया दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी