×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक दशकमा ६ सय ६९ ‘सहकारी ठग’ पक्राउ, १५ सय ४० फरार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक दशकमा ६ सय ६९ ‘सहकारी ठग’ पक्राउ, १५ सय ४० फरार

Artha Sarokar

७ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगीमा संलग्न रहेको आरोपमा ६ सय ६९ ‘सहकारी ठग’ पक्राउ परेका छन् । पछिल्लो एक दशकमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकांश पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनीहरुलाई २४ हजार २ सय २४ जना सहकारी पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तर, सोही अवधिमा सहकारी ठगीमा संलग्न रहेको भनिएका १ हजार ५ सय ४० जना भने फरार छन् । फरार हुनेहरुमा अधिकांश ठूला सहकारीका सञ्चालक र ठूला सहकारी घोटाला प्रकरणका नाइके भनिनेहरु नै रहेका छन् ।

जसमध्ये पोखराको सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई), सूर्यदर्शन सहकारीकै ज्ञानबहादुर बम्जन, भुपेन्द्र राई, थान बहादुर बुढा मगर, सुमेरु सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, शिवशिखर सहकारीका तेज बहादुर बम्जन, इमेज बचत तथा ऋण सहकारीका देव कुमार नेपाली, छेदा नेपाली, सानो पाइला सहकारीका तस्वीरन खातुन, असरफ अलि, साहरा सहकारीका सुवास केसी, इमेज सहकारीका दीपक पौडेल, शिव शिखर सहकारीका लिलानाथ गौतम, कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामा लगायत रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी