काठमाडौँ । भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको हो ।
यो पुँजीगत लाभकर चालु आर्थिक वर्षको साउनको तुलनामा ३९ प्रतिशतले कम हो । साउन महिनामा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।
एक महिनाको अवधिमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको सीडीएससीले जनाएको छ ।
सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्