Skip to content
LAXMI SUNRISE BANK

‘यो बुलभित्रकै करेक्सन हो, धेरैलाई अवसर हुनसक्छ’- सुवासचन्द्र भट्टराई

अर्थ सरोकार

काठमाडौँ । सेयर गुरु सुवासचन्द्र भट्टराईले अहिले बजारमा देखिएको करेक्सन सामान्य भएको बताएका छन् । अर्थ सरोकार पोडकास्ट सिरिज अन्तर्गतको ‘बुलभरी सुवास’मा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । 

उनले बजार १८००-१९०० बाट १००० बिन्दुले बढ्दा ३-४ सय अंकको करेक्सन आउनु सामान्य भएको बताएका छन् । 

‘१८०० र २२०० को बिन्दुमा लामो समय साइडवेज चलेर १००० अंकले बढेको बजारमा ३००० को बिन्दुबाट ४०० अंकको करेक्सन सामान्य लिनुपर्छ ।’, सेयर गुरु भट्टराईले भने, ‘यो बुलभित्रकै करेक्सनको पाटो हो ।’  

त्यस्तै, भट्टराईले अहिले सेयर बजारमा देखिएको करेक्सन धेरैका लागि अवसर पनि बनेको बताएका छन् । उनले अहिले बजारमा घट्यो भनेर तनाव लिइरहनुपर्ने अवस्था नभएको भन्दै ३२०० को बिन्दु नाघेको दिनदेखि बजार ४०००-४१०० को बिन्दुमा पनि छिट्टै पुग्ने बताएका छन् । भट्टराईसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK