×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेसिजको ९औँ स्थापना दिवस: कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL

जेसिजको ९औँ स्थापना दिवस: कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

२२ भाद्र २०८१, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेसिजको ९औँ स्थापना दिवसको अवसरमा कैलालीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

जेसिज स्थापना दिवसको अवसरमा जेसिज फूलवारी र अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीको सहयकार्यमा ‘ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मोटरसाइकल, अटोरिक्सा र साना तथा ठूला सवारी साधन चालकहरुलाई ट्राफिक नियम पालनाबारे जानकारी गराइएको अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलवारीका इन्चार्ज तथा प्रहरी हवल्दार शिद्धराज विष्टले जानकारी दिएका छन् ।

पछिल्लो समय सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य भूमिका खेल्दै आएको ट्राफिक प्रहरीको काममा यस्ता खालका कार्यक्रमले ठूलो सहयोग र भूमिका खेल्ने प्रह विष्टले बताएका छन् । उनले आगामी दिनमा यस्ता खालका कार्यक्रम थप हुनेमा विश्वास व्यक्त गर्दै सबैलाई ट्राफिक नियम पालना गर्न पनि अनुरोध गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी