×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य विभागको ‘स्टिङ अपरेशन, एभरेष्ट होटल र बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वाणिज्य विभागको ‘स्टिङ अपरेशन, एभरेष्ट होटल र बसेरालाई तीन-तीन लाख रुपैयाँ जरिवाना 

Artha Sarokar

१५ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो । 

सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ ।

सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ भने काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ, बसेरा होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसंगै बिपत्ति समेत आएकाले यही समयमा कालोबजारी बढेको गुनासो बढेपछि अनुगमन टोली परिचालन गरिएको हो । 

कालोबजारी वा कम गुणस्तरको सामग्री बिक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताएका छन् ।  टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए । त्यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुगमन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । योसँगै स्थानीय पालिकाहरुसंग समन्वय गरेर बजार अनुगमनलाई तिव्रता दिएको विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी