काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई नै सदस्य सचिव राखेर लेखापरीक्षण समिति गठन गरेको छ । लेखापरीक्षणको सामान्य सिद्धान्तविपरित कम्पनीले सीइओलाई नै सदस्य सचिव राखेर लेखापरीक्षण समिति बनाएको हो ।
सामान्यतया लेखापरीक्षण भनेको सीइओले नेतृत्व गरेको कामको लेखाको परिक्षण गर्ने हो । सो समितिमा सीइओ नै सदस्य सचिव हुँदा स्वार्थको द्वन्द हुने हुनाले लेखापरीक्षण समितिमा सीइओ राख्न मिल्दैन । तर, लेखापरिक्षणको यो सामान्य सिद्धान्तमाथि नै धावा बोल्दै हाथवेले मनपरी ढंगबाट लेखापरीक्षण समिति बनाएको हो ।

सीइओ भन्छन्- ‘मैले पनि चासो राखेको हो, अरुले मिल्छ भनेपछि बसेँ, नमिल्ने भए राजिनामा दिन्छु’
कम्पनीका सीइओ सन्दीप शाहले आफुले पनि बस्न नमिल्ने भनेको तर संचालकहरुले बस्नैपर्ने भनेपछि बसेको बताए । अर्थ सरोकारसँग कुराकानी गर्दै शाहले सुरुमा सीइओ लेखापरीक्षण समितिमा बस्न नहुने राय आफुले पनि राखेको तर अन्य कम्पनीमा पनि सो अभ्यास रहेको भन्ने जानकारी आएपछि आफु सो समितिमा बसेको बताए ।
‘मैले पनि मिल्दैन भन्ने राय राखेकै हो । पछि केहि कम्पनीहरुमा पनि सीइओ सो समितिमा बसेको भन्ने जानकारी पाएपछि म पनि बसेको हुँ । अझ थप बुझ्छु । केहि समस्या देखिने नभए सो समिति छोड्छु ।’ शाहले अर्थ सरोकारसँग भने ।
‘तपाईंकै कामको लेखापरीक्षण गर्ने हो, अनि तपाईं नै सदस्य बस्न त सामान्य नियमले पनि दियो र ?’ हाम्रो प्रश्नमा उनले भने, ‘मैले पनि मिल्दैन नै भनेको हो । म पनि सिए फेट्रनिटिकै भएकाले मैले पनि यो चासो राखेकै हो । तर पछि मिलिहाल्छ भन्ने कुरा आएपछि म बसेँ । विवाद भयो भने म बस्दिन ।’
आइक्यानको राय-‘केहि कामले सीइओ कमिटिको बैठकमा जान मिल्छ, तर कमिटिमा बस्न मिल्दैन’
यता नेपाली लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निमित्त कार्यकारी निर्देशक किरण खत्रीले पनि सीइओ नै लेखापरीक्षण समितिमा हुनु गलत भएको बताएका छन् । ‘अडिट कमिटिले केहि काम विशेषले वा केहि कुरामा सोधनी गर्दा सीइओलाई बोलाउने प्रचलन छ, जुन अन्यथा भएन । तर सीइओ नै अडिट कमिटिमा बस्नुचाहिं गलत भयो ।’
आइक्यानकै पार्षदले पनि यो काम गलत भएको दाबी गरेका छन् । ‘यो त आफैँ के जाति आफैँ झाँक्री भईहाल्यो नि ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक पार्षदले भने ‘यो मनपरीको हद हो । त्यस्तो कमिटिको काममा म संग्लन हुन्न भनेर लेखापरिक्षकले भन्न सक्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्