काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि रविलाई अदालतबाट ६ दिनको म्याद लिएर कास्की प्रहरीले अनुसन्धान गरेको थियो । तर, अनुसन्धान नसकिएको र थप प्रमाण जुटाउने काम भइरहेको भन्दै प्रहरीले म्याद थपका लागि लामिछानेलाई बिहीबार अदालतमा पेश गरेको थियो ।
लामिछाने पक्राउ परेदेखि नै पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ । अब भने रास्वपाले बिहीबार पोखरामा अन्तिम प्रदर्शन गर्ने र सो पछि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्