काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताएका छन् । बिहीवार मन्त्रालयले सय दिनको अवधिमा गरेका प्रमुख कार्य र उपलब्धिहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आगामी वर्षभित्र पहिचान भएका २२ वटै समस्याग्रस्त सहकारीहरुको समस्या समाधान गर्ने बताएका हुन् ।
उनले २२ वटा समस्याग्रस्त सहकारीमध्ये ३ वटा सहकारीको समस्या हल भइसकेको बताएका छन् । यो वर्षभित्र बाँकी रहेका १० वटा सहकारीहरुको सम्पूर्ण समस्या समाधान गर्ने र बाँकी सहकारीहरुको आगामी वर्षभित्र समाधान गर्ने मन्त्री अधिकारीले बताएका छन् ।
‘२२ वटा सहकारी अन्तर्गत ३ वटा सहकारीको समस्या हल भएको छ । केही समस्याग्रस्तको प्रक्रिया अगाडि बढेको छ । यो एक साल भित्र २२ वटा मध्ये १० वटाको सम्पूर्ण समस्या हल गर्छौँ ।’, उनले भने, ‘अरु बाँकी रहेका सहकारीको समस्या आगामी वर्षभित्र समाधान गर्छौँ ।’
त्यस्तै, मन्त्री अधिकारीले अहिले सरकार समस्याग्रस्त सहकारीको समस्या समाधानतर्फ केन्द्रित रहेको भन्दै छिट्टै सहकारीका पीडित बचतकर्ताको रकम फिर्ता गर्ने नीति बनाएर समस्या समाधान गर्नेतर्फ सरकारको प्राथमिकता रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्