×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड हिनामिना, २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड हिनामिना, २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी !  

Artha Sarokar

१४ कार्तिक २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनमा संलग्न रहेको आरोपमा २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको उच्च स्रोतले दिएको सूचनाअनुसार स्वर्णलक्ष्मीमा भएको सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । 

स्रोतका अनुसार हाल परिसरले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । यसअघि सहकारीका बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरी वृत्त कालिमाटीले उक्त ठगी प्रकरणबारे अनुसन्धान गरेको थियो । 

स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष पनि गितेन्द्रबाबु राई (जीबी राई) हुन् । सूर्यदर्शन सहकारीमा भएको रकम हिनामिना प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि परिसरले स्वर्णलक्ष्मीको समेत फाइल झिकाएर अनुसन्धान थालेको हो । ६ सय ४५ बचतकर्ताले दिएको जाहेरीका आधारमा उक्त सहकारीमा १ अर्ब ११ करोड रुपैयाँ अपचलन भएको अनुमान गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी