काठमाडौँ । सूर्यदर्शन सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको संघर्षलाई दबाउन खोजेको आरोप लगाएका छन् । आफूहरु सहकारीको बचत फिर्ताको मागसहित आन्दोलित भइरहेका बेला रास्वपाले रवि पक्राउ परेपछि सोही नारा लिएर पीडितहरको भावनामाथि खेलवाड गरेको आरोप लगाएका हुन् ।
यतिसम्म कि सूर्यदर्शन सहकारीका पीडित बचतकर्ता गोकर्ण बरुवालले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको बताएका छन् ।
‘हाम्रो राजनीतिक स्वार्थको अभियान होइन । हामी सबै राजनीतिक विचारधाराहरुको संयुक्त रुपमा रहेका साथीहरुको बचत रकम फिर्ता गर्ने अभियान मात्र हो ।’, उनले भने, ‘रास्वपाले पनि हाम्रो नारा बोकेर आएको छ । तर उहाँहरुको नारा र हामी बचतकर्ता साथीहरुको नाराको भावनामा फरक छ । उहाँहरु हाम्रो भावनामाथि खेलवाड गर्न चाहनुहुन्छ ।’
त्यस्तै, सूर्यदर्शन बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले पनि आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले बचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताएका छन् । ‘सहकारीमा प्रतिवादी कायम भएर अनुसन्धान गर्ने विषयमा रवि लामिछानेलाई पक्राउ गरेर जब कास्की ल्याइयो र पोखरामा जसरी प्रदर्शन गरिएको छ, यो समय र सन्दर्भ नमिलेको भन्ने हाम्रो बुझाई छ ।’, उनले भने, ‘हामी कुनै राजनीतिक पार्टीसँग आवद्ध छैनौँ । हामी नितान्त हाम्रो बचत फिर्ता होस् भन्ने विषयमा मात्रै केन्द्रित छौँ । सरकारले हाम्रो बचत छिटोभन्दा छिटो फिर्ता गराओस् ।’
अर्कोतर्फ सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई पनि तुरुन्त पक्राउ गर्न माग गरेका छन् । उनले पक्राउ गरेर सहकारी ठगहरुको सम्पत्ति लिलाम गरेर बचतकर्ताको रकम फिर्ता गराउन पनि सरकारसँग आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्