Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठले बाजी मार्ने संकेत, तिहारअघि नै नियुक्त गर्ने सरकारको तयारी !

अर्थ सरोकार

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष तिहार अघि नै नियुक्त गर्ने भएको छ । सरकार परिवर्तनका लागि प्रतिपक्षी दल लागिरहेको सुईको पायेपछि बोर्डको अध्यक्ष नियुक्तिमा सरकारले चासो देखायेको हो ।

तिहार अघि नै अघिल्लोपटक अन्तर्वार्तामा बोलाइयेकाहरुलाई अन्तिम पटक मौका दियेर अन्त्यमा सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्षको रुपमा नियुक्ती गर्ने तयारी सरकारको छ ।

रिक्त रहेको बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले २०७९ माघ ३ गते सिफारिस समिति गठन गरेको थियो । बोर्डको अध्यक्ष सिफारिस समितिले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष नारायण श्रेष्ठको नाम सर्टलिस्टमा राखेको थियो ।

सर्टलिस्टमा परेकाहरुमध्ये तीन जना अन्तरवार्तामा अनुपस्थित भएपछि बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया रोकिएको थियो । अव भने सरकारले सन्तोष नारायण श्रेष्ठलाई बोर्ड अध्यक्षको रुपमा नियुक्ती गर्ने तयारी गरेको बुझिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK