काठमाडौँ । यति एयरलाइन्सको काउन्टर तोडफोड भएको छ । चाडवाडको समयमा दोब्बर शुल्क लिएर पनि समयमा उडान नगरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरेका हुन् ।
आक्रोशित यात्रुहरूले यति एयरलाइन्सका कर्मचारीलाई हातपात समेत गरेका थिए ।
केही दिन अघि परेको अविरल वर्षाका कारण अधिकांश राजमार्ग अवरुद्ध हुँदा हवाई उडान उपत्यकाबाहिर जाने एक मात्र विकल्प बनेको छ । सोही अवस्थाको फाइदा उठाएर एयरलाइन्स कम्पनीहरूले मनपरी शुल्क असुलेका छन् ।
६ हजारको टिकटलाई १२ हजार रुपैयाँ लिएर पनि समयमा उडान नहुँदा यात्रुहरूले यति एयरलाइन्सको टिकेटिङ डेक्स घेराउ गरेका थिए ।
यता, विपदको अवस्थामा महँगो भाडा नलिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै आग्रह गर्दा पनि एयरलाइन्स कम्पनीहरूले अटेर गरेको पाइएको छ ।