×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो !

Artha Sarokar

२९ कार्तिक २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको औपचारिकताका लागि तीन जनालाई अन्तर्वार्तामा बोलाइएको छ । एक सूचना जारी गर्दै अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका तीन जना अध्यक्षका उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको हो । 

अर्थ मन्त्रालयले सर्ट लिष्टमा परेका नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्तामा बोलाएको छ । 

अर्थ मन्त्रालयका अनुसार अन्तर्वार्ताको समय मंसिर ९ गते बिहान ८ बजेका लागि तोकिएको छ । 

यसो त अर्थ मन्त्रालयले यसअघि असोज १८ गते सर्ट लिष्टमा परेका तीनै जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो ।

तर, अन्तिममा समयमा मन्त्रालयले विशेष कारण देखाउँदै अन्तर्वार्ता रोकेको थियो । हाल भने मन्त्रालयले तीन जनालाई पुनः अन्तर्वार्ताका लागि बोलाएको छ । तर, यो अन्तर्वार्ता औपचारिकताका लागि मात्रै गर्न लागिएको चर्चा राजनीतिक वृत्तमा छ । 

अघिल्लो पटक अन्तर्वार्तामै अनुपस्थित भएका तीनै जनालाई अन्तिम पट अन्तर्वार्तामा बोलाएर यसअघि नै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण दिइसकेको सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने तयारी सरकारको रहेको बुझिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी