Skip to content
LAXMI SUNRISE BANK

नक्कली नोट साट्न ‘ठग’हरुको नयाँ जुक्ति: रिचार्ज कार्ड किनेर हजारको नक्कली नोट दिने, ९ सय सक्कली फिर्ता !

अर्थ सरोकार

काठमाडौं । दाङको तुल्सीपुरबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीको टोलीले तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जना व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय किशोर, वडा नम्बर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

पक्राउ परेका व्यक्तिहरुले केही सातादेखि हजारको नक्कली नोट दिएर सय रुपैयाँको रिचार्ज कार्ड किनेर नौ सय रुपैयाँ  सक्कली पैसा लिने गरेका थिए। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कसरी चिन्ने नक्कली नोट ?

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।

नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK