काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीले फेरि आवेदन खुलाएको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै कम्पनीले सीईओको लागि आवेदन मागेको हो ।
कम्पनीको सीईओ बन्न इच्छुकले सूचना सार्वजनिक भएको २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसो त कम्पनीले यसअघि असोज १६ गते कम्पनीको सीईओ पदका लागि आवेदन माग गरेको थियो । त्यसबेला कम्पनीमा सीईओका लागि चार जनाले आवेदन दिएका थिए । तर, आवेदन दिएका चारैजना परीक्षामा फेल भएपछि कम्पनीले पुनः सीईओको आवेदन खुला गरेको हो ।
अघिल्लो पटक सीईओको लागि आवेदन दिएका चारैजना फेल भएपछि र अहिले पनि खासै गतिलो मान्छे नआउने चर्चा कम्पनीभित्रै चलिरहेको बेला यसपालि भने योग्यता पुगेको व्यक्तिको आवेदन आए र पास मात्रै भए पनि जागिर लगभग पक्का देखिएको छ । यस्तो छ सीईओका लागि आवेदन माग सम्बन्धी कम्पनीको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्