Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको अध्यक्ष ‘काँग्रेसी कोटा’मा परेपछि गभर्नर एमालेको भागमा, महाप्रसाद अधिकारी नै दोहोरिएलान् ?

अर्थ सरोकार

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष काँग्रेसी भागमा परेपछि अब आसन्न गभर्नर एमालेको भागमा परेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी ओली निकट भए पनि राजनीतिक दृष्टिकोणले श्रेष्ठ नेपाली काँग्रेस निकट छन् । बोर्डमा काँग्रेस निकट व्यवसायी सन्तोष नारायण श्रेष्ठले बाजी मारेपछि अब गभर्नरको नियुक्ति एमालेको भागमा परेको हो। यही आउँदो चैत्रमा गभर्नरको कार्यकाल सकिँदैछ ।

‘गभर्नर महाप्रसाद अधिकारीको योग्यताका विषयमा अदालतमा मुद्दा विचाराधीन छ । सो मुद्दा अधिकारीकै पक्षमा आयो भने अधिकारी नै दोहोरिने सम्भावना छ । अधिकारीलाई दोहोर्याउँदा समिति बनाउनै पर्दैन भन्ने कानूनी व्यवस्था रहेको विषयमा पनि आवश्यक कानूनी परामर्श लिने काम भइरहेको छ,’ एमालेका एक उच्च तहका नेताले अर्थ सरोकारसँग भने, ‘पार्टीका लागि उहाँकै ‘कम्फर्टेबल’ हुनुहुन्छ । तर उहाँ स्वयम् के चाहनुहुन्छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ ।’

ती नेताका अनुसार अधिकारीले नचाहेमा वा योग्यताको विषयमा उनका विपक्षमा फैसला आएमा एमालेले केही पात्रको बारेमा आन्तरिक छलफल सुरु गरिसकेको छ । ‘अधिकारीको मिलन वा उहाँले चाहेन भने गभर्नरका पात्रको बारेमा छलफल सुरु भएको छ। यसमा अहिलेका गभर्नरसँग पनि पार्टीले परामर्श लिनेछ ।’

गभर्नर एमालेको भागमा परेपछि गभर्नर बन्ने दौडमा रहेका केही काँग्रेसी बैंकरहरूको भने ‘च्याप्टर क्लोज’ भएको एमालेका नेताहरू बताउँछन् । ‘अबको गभर्नर एमालेले नै रोज्ने हो । काँग्रेसी साथीहरूले आशा नगरे हुन्छ,’ एमालेका अर्का शीर्ष नेताले अर्थ सरोकारसँग भने, ‘गभर्नर एमालेले लिने र धितोपत्र बोर्डको अध्यक्ष काँग्रेसले लिने भद्र सहमति अनुसार नै सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।’

ती नेताका अनुसार सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गर्ने कि प्रक्रिया फेरि सुरु गर्ने भन्ने विषयमा पनि छलफल गरेर सहमतिमै श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको थियो । सोही कारण पनि अबको गभर्नर एमालेकै भागमा पर्ने भन्ने ती नेताको भनाइ छ ।

यसो त, एमालेकै भागमा गभर्नर पर्ने भएपछि केही समयअघि देखि केही पात्र र व्यवसायीहरू यस विषयमा ‘लविङ’मा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK