×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रीले उद्योगहरुको लाइन काट्न नदिएपछि उद्योगीको घरमा लाइन काट्दै कुलमान, ‘भिआइपी साहुबा’हरु तनावमा ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

मन्त्रीले उद्योगहरुको लाइन काट्न नदिएपछि उद्योगीको घरमा लाइन काट्दै कुलमान, ‘भिआइपी साहुबा’हरु तनावमा ! 

Artha Sarokar

१३ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीहरुको घरमा लाइन काट्ने भएको छ । मन्त्रीले उद्योगहरुको लाइन काट्न नदिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगका साहुहरुको घरमा लाइन काटेर बक्यौता असुली गर्ने तयारी गरेका हुन् । 

यसका लागि प्राधिकरणले विद्युत नियमन आयोगलाई पत्रसमेत लेखेर पठाएको छ । 

उद्योगहरुले बक्यौता नतिरेको खण्डमा उद्योगका सञ्चालकको घरमा लाइन काटेर असुली गर्न सकिने नेपाल विद्युत प्राधिकरण विद्युत विनियमावली, २०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम भएको प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापत प्रयोग गरेको विद्युतको बक्यौता महसुल उठाउन उद्योगहरुमा पटकपटक लाइन काटेको थियो । तर, हरेक पटक मन्त्रीहरुको हस्तक्षेपका कारण प्राधिकरण उद्योगहरुमा पुनः लाइन जोड्न बाध्य भएको थियो । मन्त्रीकै कारण उद्योगहरुको लाइन काट्न नपाएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उद्योगका साहुहरुको घरमा लाइन काट्ने तयारी गरेका हुन् । 

यसो त यसअघि मन्त्रिपरिषद्ले उद्योगहरुमा लाइन जोडेर टिओडी मिटरको बिल अनुसार बक्यौता असुल गर्न दिएको निर्देशनको म्याद बुधबार सकिएको छ । तर, म्याद सकिनुअघि नै विद्युत नियमन आयोगले उद्योगहरुमा लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरणले बक्यौता असुलीका लागि उद्योगका साहुहरुको घरमा लाइन काट्ने तयारी गरेको प्राधिकरणका एक अधिकारीले बताएका छन् । 

यसबाहेक प्राधिकरणले उद्योगहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र बक्यौता नतिरी आईपीओ निष्कासन गर्न लागेका कम्पनीहरुको सेयर निष्कासन स्थगित गर्न नेपाल धितोपत्र बोर्डलाईसमेत पत्र पठाइसकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी