×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकाल सकिनै लाग्दा नयाँ लाइसेन्स बाँड्ने तयारीमा बीमा प्राधिकरण, ‘करोडौँको चलखेल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कार्यकाल सकिनै लाग्दा नयाँ लाइसेन्स बाँड्ने तयारीमा बीमा प्राधिकरण, ‘करोडौँको चलखेल’

Artha Sarokar

६ मंसिर २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको कार्यकाल सकिन अब दुई महिना बाँकी छ । तर, अध्यक्षको कार्यकाल सकिनै लाग्दा बीमा प्राधिकरण नयाँ लाइसेन्स बाँड्ने तयारीमा छ । 

प्राधिकरणको उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्षकै निर्देशन र पहलमा नयाँ जीवन र निर्जीवन बीमा कम्पनीको लाइसेन्स बाँड्ने तयारी सुरु भएको छ । 

यसो त सूर्य सिलवालको कार्यकालमा यसअघि सातवटा लघुबीमा कम्पनीले लाइसेन्स पाएका थिए । ती कम्पनीहरुले लाइसेन्स पाएको दुई वर्ष पनि पूरापूर पुगेको छैन । सिलवालले आफ्नै कार्यकालमा तीन वर्षअघि पनि हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स दिएका थिए । तर, प्राधिकरणका अध्यक्ष फेरी नयाँ लाइसेन्स बाँड्ने तयारीमा लागेका छन् । 

कार्यकालको अन्तिम समयमा अध्यक्ष नयाँ लाइसेन्स दिने तयारीमा लागेपछि केही व्यापारिक घराना पनि दौडधुपमै छन् । स्रोतका अनुसार बीमा कम्पनीको नयाँ लाइसेन्स लिने दौडमा चौधरी ग्रुप र शंकर ग्रुप छन् । यी दुई ग्रुपले दुईवटा जीवन र दुईवटा निर्जीवन बीमा कम्पनीको लाइसेन्सका लागि दौडधुप सुरु गरेको बुझिएको छ । जसमध्ये चौधरी ग्रुपले त स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स नामक कम्पनी नै खडा गरेर लाइसेन्सका लागि यसअघि नै जोडबल गरिसकेको थियो ।

बीमा क्षेत्रले बिजनेश नपाइरहेको अवस्थामा बीमा प्राधिकरणले फेरी नयाँ लाइसेन्स बाँड्ने तयारी गरेपछि यसमा करोडौँको चलखेल भएको चर्चा सुरु भएको छ । यसो त इन्स्योरेन्स कम्पनीको संख्या धेरै हुँदा बिजनेश नपाएको भन्दै सिलवालले २०७८ चैतमा इन्स्योरेन्स मर्जरको नीति लिएका थिए । तर, हाल नयाँ लाइसेन्स बाँड्ने तयारीमा प्राधिकरण लागेपछि यसले आर्थिक चलखेल भएको विषयलाई थप बल दिएको जानकारहरुले बताएका छन् । 

हाल नेपाली बीमा क्षेत्रमा लघुबीमा बाहेक १४ वटा जीवन बीमा र १४ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी