×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंमाथि बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप, आधा दर्जन कसुरमा अनुसन्धान गर्दै सीआईबी ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दुर्गा प्रसाईंमाथि बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप, आधा दर्जन कसुरमा अनुसन्धान गर्दै सीआईबी ! 

Artha Sarokar

५ मंसिर २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकरलाई धम्क्याएर फिरौती मागेको आरोप लागेको छ । 

प्रसाईंले विभिन्न व्यक्ति प्रयोग गरेर बैंकर र व्यवसायीलाई धम्क्याएर फिरौती मागेको आरोपसहितको जाहेरी प्राप्त भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार ‘दुर्गा प्रसाईंको मान्छे हुँ’ भन्दै विभिन्न व्यक्तिले धम्क्याएर फिरौती मागेको जाहेरीमा उल्लेख छ । ‘प्रसाईंजी पक्राउ पर्नुअघि नै उहाँको नाममा धम्क्याएर असुली भइरहेको जाहेरी परेको छ ।’, ती अधिकारीले भने, ‘जाहेरी दिनेमा बैंकर व्यवसायी हुनुहुन्छ । जाहेरीका आधारमा थप अनुन्सन्धान गर्दैछौँ ।’ 

प्रधानमन्त्रीको नाम जोडेर अपुष्ट प्रमाणका आधारमा भ्रम फैलाएको भन्दै सीआईबीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट मंगलबार पक्राउ गरेको थियो । प्रसाईंमाथि आपराधिक लाभ, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, संगठित अपराध, किर्ते र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएका प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी