काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सामान्य अंग्रेजी पनि नजानेका कर्मचारीलाई निकै महत्वपूर्ण काम दिइएको पाइएको छ । बैंकको नामको स्पेलिङसमेत नजानेका र आफूकहाँ सूचीकृत भएका कम्पनीको नामसमेत सहि लेख्न नजान्नेहरुले नेप्सेमा जागिर खाइरहेको पाइएको हो ।
धितोपत्र व्यापारीहरुका लागि कारोबारयोग्य कम्पनीहरुको नामावाली सम्बन्धि नेप्सेले निकालेको सूचनामा दुई बैंकको नाम नै गलत लेखिएको छ ।
नेप्सेको सूचनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड हुनुपर्ने ठाउँमा सिटिजन इन्टरनेशनल बैंक उल्लेख गरेर सूचीकृत कम्पनीकै नाम बिगारिएको छ । अर्कोतर्फ मेगा हुनुपर्ने ठाउँमा मेघा लेखेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामसमेत बिगारिएको छ । कुनै पनि देशका स्टक एक्सचेन्जले सूचीकृत कम्पनीको नाम नै गलत उल्लेख गर्नुलाई निकै गम्भीर रुपमा लिने गरिन्छ ।
कम्पनीको नाममा हुने यस्ता गल्तीले भविष्यमा थप कानुनी झन्झटसमेत व्यहोर्नुपर्ने हुन्छ । केहि समय अगाडी आफुविरुद्ध परेको एक मुद्धामा बैंकको नाम मेघा उल्लेख भएको भन्दै तत्कालिन मेगा बैंकले अदालतको पत्र नै बुझ्न अस्विकार गरेको थियो । पछि अदालतले नाम सच्याएर पठाएपछि मात्र बैंकले सो पत्र बुझेको थियो ।
नेप्सेले जारी गरेको सूचनाको कानुनी पक्ष हेर्ने हो भने नेप्सेले दुई बैंकको नाम नै गलत उल्लेख गरेर सूचना प्रकाशन गर्दा ती बैंकहरु कारोबार योग्य कम्पनीहरुमा पर्दैनन् भन्ने कानुनी व्याख्या हुन सक्ने भएकाले यसतर्फ नेप्सेले लापरवाही गर्न नहुने कानुन व्यवसायीहरु बताउँछन् । नेप्सेले बेलाबेला यस्ता गम्भीर प्रकृतिका गल्तीहरुलाई सामान्य ‘इरर’ भन्दै पन्छिने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्