×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको सम्पत्ति बढ्यो, लघुवित्तको घट्यो 

Artha Sarokar

३ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्वमा वृद्धि भएको छ । 

राष्ट्र बैंकले तय गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले बढेको हो । योसँगै वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब २७ अर्ब ६० करोड पुगेको छ । 

त्यस्तै, यस अवधिमा विकास बैंकहरुको पनि कुल सम्पत्ति/दायित्वमा ७.९ प्रतिशतको वृद्धि भई सात खर्ब १७ अर्ब र फाइनान्स कम्पनीहरुको कुल सम्पत्ति/दायित्व ११.२ प्रतिशत बढेर एक खर्ब ६९ अर्ब ८२ करोड  कायम भएको छ । 

गत आर्थिक वर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल सम्पत्ति/दायित्वमा वृद्धि हुँदा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति/दायित्व भने घटेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड कायम भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी