×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूला उद्योगी देखाएर विद्युत महसुल नतिर्ने बढे, ६ सय ग्राहकको लाइन काटिँदै, ८४ वटा सरकारी कार्यालय !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ठूला उद्योगी देखाएर विद्युत महसुल नतिर्ने बढे, ६ सय ग्राहकको लाइन काटिँदै, ८४ वटा सरकारी कार्यालय !

Artha Sarokar

७ मंसिर २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको हो ।

जिल्लामा विद्युत् प्राधिकरणका ग्राहकबाट रु ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको रु ८० लाख ९९ हजार तीन सय ६२ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताएका छन् ।

८४ वटा सरकारी कार्यालयबाट रु १७ लाख १९ हजार दुई सय ३५ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् । त्यस्तै, अन्य चार सय ९५ ग्राहकबाट रु ६३ लाख ८० हजार एक सय २६ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए ।

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य सुरु भइसकेको छ । प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ । सोही नीतिअनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो वर्ष पनि लाइन काट्ने कार्य सुरु भएको वितरण केन्द्रका प्रमुख पौडेलले बताएका छन् ।

बैतडीमा गत आर्थिक वर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर रु ६४ लाख बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरूको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ । यसो त पछिल्लो केही समययता ठूला उद्योगीहरुले डेटिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिरेको विषय चर्चामा रहेका बेला अन्य ग्राहकले पनि ठूला उद्योगी देखाएर तिर्नुपर्ने बक्यौता तिर्न छोडेका छन् । असुलीका लागि जाँदा ‘पहिला ठूला उद्योगीसँग करोडौँ उठाउ, अनि हामी तिर्छौ’ भन्ने गरेको र कतिपय ठाउँमा त विद्युतका कर्मचारीमाथि कुटपिट नै गरेको स्वयम प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका थिए । यही कारण पनि पछिल्लो समय विद्युत महसुल नतिर्नेहर बढेको प्राधिकरणले निष्कर्ष निकालेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी