×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तलब बढाउन माग गर्दै नेपाल एयरलाइन्सका पाइलट आन्दोलित, उडान प्रभावित, यात्रुहरु सास्तीमा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तलब बढाउन माग गर्दै नेपाल एयरलाइन्सका पाइलट आन्दोलित, उडान प्रभावित, यात्रुहरु सास्तीमा 

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का पाइलटहरु आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधा वृद्धिको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

जहाज उडाउन छोडेर पाइलटहरु आन्दोलनमा उत्रिएपछि अहिले नेपाल एयरलाइन्सको जहाज प्रयोग गरेर विभिन्न अन्तराष्ट्रिय गन्तव्यमा जानुपर्ने यात्रुहरु मर्कामा परेका छन् । नेपाल एयरलाइन्सका पाइलटहरु गत कार्तिक पहिलो सातादेखि नै आन्दोलनमा छन् । 

खासगरी नेपाल एयरलाइन्सको जहाज  प्रयोग गरेर भारतको मुम्बई र युनाइटेड अरब इमिरेट्स (यूएई) जाने यात्रु अलपत्र परेका छन् । 

हाल पाइलट आन्दोलनमा उत्रिएर उडान प्रभावित भएपछि निगमले उडान सारेको छ । तर, समयमा पुग्नुपर्ने गन्तव्यमा पुग्न नपाउँदा र विमानस्थलमा अलपत्र हुँदा ठूलो सास्ती खेप्नुपरेको भन्दै यात्रुहरु आक्रोशित भएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी