काठमाडौँ । साबिकको नेरुडे र मिर्मिरे लघुवित्त वित्तीय संस्था मर्जर भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा दिनदाहाडै मान्छे मार्ने प्रयास भएको छ । लघुवित्तको कोशी प्रादेशिक कार्यालयमा साबिकको मिर्मिरे लघुवित्तबाट आएका निमिष आचार्यलाई ज्यानै मार्नेगरी कुटपिट भएको हो ।
कार्तिक १२ गते विभिन्न माग राख्दै आन्दोलन गरिरहेका साबिकको नेरुडेका कर्मचारीहरुले आचार्यमाथि कुटपिट गरेको हुन् ।
पीडित आचार्यका अनुसार आन्दोलनरत कर्मचारी र संस्थाबीच भएको समझदारी पत्र ‘हाकिमलाई किन पठाइस् ?’ भन्दै लघुवित्तका फिल्ड कर्मचारी शिवशंकर साह, राजकुमार शर्मा, अर्जुन राजवंशी, मुकेश यादव, राजधारी शर्मासहितको टोलीले कुटपिट गरेका हुन् । कुटपिटबाट अर्धचेत अवस्थामा पुगेका आचार्यलाई कोशी अस्पताल लगिएको थियो । तर, कोशी अस्पतालमा राम्रो उपचार हुने स्थिति नदेखेपछि हाल उनी थप उपचारका लागि काठमाडौँ आएका छन् ।
त्यस्तै, पीडितका आफन्तले आफ्नो कर्मचारीको ज्यानै लिनेगरी कुटपिटको घटना हुँदा पनि संस्थाले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । अझ कुटपिटमा लघुवित्तका डेपुटी सीईओ भागनारायण साहुका आफन्त नै संलग्न रहेको आरोप लागिरहेका बेला संस्थाले कुनै एक्सन नलिनुले घटनामा हाकिमकै मिलेमतो भएको आरोपलाई थप बल पुगेको पीडितका आफन्तले बताएका छन् ।

यता नेरुडे मिर्मिरे लघुवित्तका डेपुटी सीईओ भागनारायण साहुले भने कोशी प्रदेश कार्यालयमा भएको कुटपिटमा संलग्न व्यक्ति आफ्नो आफन्त नपर्ने बताएका छन् । पीडित आचार्यका आफन्तले कुटपिटमा संलग्न व्यक्ति डेपुटी सीईओको आफन्त रहेको दाबी गरिरहेको बेला उनले भने त्यहाँ संस्थागत रुपमा कर्मचारी भएको तर व्यक्तिगत रुपमा कोही पनि आफन्त नपर्ने बताएका हुन् । ‘कुटपिट गर्ने कोही व्यक्तिसँग मेरो कुनै पनि सम्बन्ध छैन । कोही पनि मेरो दाजुभाइ, काकाकाकी केही पर्दैनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिपुटी सीईओ साहुले भने, ‘कुटपिटमा कोको संलग्न छन् भन्ने रिपोर्टले देखाउला तर संस्थागत रुपमा कर्मचारीबाहेक कसैसँग मेरो व्यक्तिगत सम्बन्ध छैन ।’
त्यस्तै, उनले कार्यालयभित्रै कर्मचारीलाई मरणाशन्न हुनेगरी कुटपिट गर्नु गम्भीर घटना भएकाले संस्थाले उक्त घटनालाई गम्भीरतापूर्वक हेरेको बताएका छन् । अहिले तिहारको बिदाको मौका परेकोले तत्काल एक्सन नलिएको जस्तो देखिए पनि तिहार बिदा लगत्तै घटनाबारे छानबिन गर्ने र घटनामा संलग्न दोषीलाई कारबाही गर्ने साहुले प्रतिबद्धता गरेका छन् । ‘घटना गम्भीर हो । दोषीलाई कारबाही गर्छौँ ।’, उनले भने, ‘अहिले तिहारको बिदा छ । हामीले घटनाको रिपोर्ट मगाएका छौँ । बिदा सकिएलगत्तै दोषीलाई कारबाही गर्छौँ ।’

त्यस्तै, डेपुटी सीईओ साहुले संस्थामा देखिएको उक्त विवाद पोष्ट मर्जरको लफडा भएको स्वीकारेका छन् । उनले नेरुडे र मिर्मिरे लघुवित्त मर्ज भएसँगै सेवा सुविधाका विषयमा लामो समयदेखि कर्मचारीहरु आन्दोलित हुँदै आएको र बेलाबेलामा कर्मचारीबीचमा पनि विभिन्न टसल सृजना भए पनि कुटपिट नै हुनु भने दुखद् भएको बताएका छन् । साथै उनले उक्त विवाद साम्य पार्ने प्रयास भइरहेको भन्दै गलत गर्नेलाई संस्थाले कारबाही गर्ने पनि दाबी गरेका छन् ।
‘यो पोष्ट मर्जर लफडा नै हो । सेवा सुविधाको विषयमा दुईतिन महिनादेखि नै कर्मचारीहरु आन्दोलित छन् । विवाद मिलाउने प्रयास गरेका हौँ तर अझै विवाद मिलेको छैन ।’, उनले भने, ‘दुईवटा संस्थाको कर्मचारी युनियनमा पनि कतिपय टलस होला । तर जेसुकै भए पनि कुटपिट नै हुनु दुखद् हो । यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ । गलत गर्नेलाई कारबाही गर्छौँ ।’
हाल पीडित पक्षले संस्थाको व्यवस्थापन पक्ष र नेरुडेका कर्मचारीले मिर्मिरेका कर्मचारीलाई हेपाहा प्रवृत्ति गर्ने गरेको आरोप लगाए पनि डेपुटी सीईओ साहुले भने कसैले कसैलाई पनि हेपाहा प्रवृत्ति नगरेको दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्