×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाढीले ‘बिजोग’ बनाएको बागमती करिडोर, न राहत वितरणमा तिव्रता, न पुनर्निर्माणमा चासो… (तस्विरहरु) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बाढीले ‘बिजोग’ बनाएको बागमती करिडोर, न राहत वितरणमा तिव्रता, न पुनर्निर्माणमा चासो… (तस्विरहरु) 

Artha Sarokar

१० मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । सरकारका अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ ।

कृषि तथा पशुपन्छीतर्फ ६ अर्ब बराबरको क्षति भएको छ भने खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ । ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ । बाढी-पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।

काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन् । ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए । ९ वटा मात्रै सञ्चालनमा आएका छन् । २८ वटा राजमार्ग अझै अवरुद्ध छन् । सञ्चालनमा रहेका १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यस्तै, निर्माणाधीन १८ वटा आयोजना पनि बाढी पहिरोको चपेटामा परेका छन् ।

५ वटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको सरकारले जनाएको छ । त्यस्तै, दूरसञ्चार कम्पनी लिमिटेडका ३ सय १२ साइटमा पनि क्षति पुगेको छ । काठमाडौँ उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौँ घरहरूमा क्षति पुगेका छन् । त्यस्तै, ललितपुरको टिकाभैरव क्षेत्र, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ । तर, यति हुँदा पनि र अहिलेसम्म पनि पीडितहरुले सरकारबाट उचित राहत नपाएको गुनासो सुनिन थालेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी