काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्यालले पोष्ट मर्जर लफडाका कारण संस्था लयमा चल्न नसकेको स्वीकारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै सीईओ बस्यालले साबिकको नेरुडे र मिर्मिरे लघुवित्तबीच भएको मर्जरपछि संस्थामा सृजित लफडाले संस्था लयमा चल्न नसकेको स्वीकारेका हुन् ।
उनले संस्थाको व्यवस्थापन टिम मर्जरपछि देखिएको लफडा मिलाउन तल्लीन भए पनि हालसम्म संस्था निर्वाध रुपमा सञ्चालन हुन नसकेको बताएका छन् ।
‘संस्थामा भएका सबै गतिविधि र घटनाका बारेमा जानकार छौँ । क्रमशः सबै लफडा मिलाउने प्रयास गरिरहेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सीईओ बस्यालले भने, ‘निर्वाध रुपमा कार्यालय सञ्चालन गर्न सकिरहेका छैनौँ ।’
त्यस्तै, उनले बाहिरबाट हेर्दा संस्थामा समयमा काम नभएको वा व्यवस्थापन टिम संवेदनहीन भएकोजस्तो देखिए पनि आफूहरु निरन्तर संस्था निर्वाध रुपमा चलाउन वातावरण मिलाउन लागि परेको दाबी गरेका छन् । ‘बाहिरबाट हेर्दा किन समयमा काम नभएको होला ? कति संवेदनहीन भएका हेलान् ? भन्ने लाग्न सक्छ ।’, उनले भने, ‘तर हामीले आफ्नो कुर्सीमा बसेर निर्वाध रुपमा काम गर्न सकिरहेका छैनौँ ।’
पछिल्लो समय संस्थाभित्र देखिएका विभिन्न लफडा मिलाउन आफूहरु लागि परेको बताउँदै सीईओ बस्यालले समस्या एउटा पक्षको मात्रै नभएर दुवै पक्षमा समस्या देखिएको भन्दै मिलाउन केही समय लाग्ने बताएका छन् । उनले आफूहरु संस्थाभित्र भएका हरेक लफडा र समस्याका बारेमा जानकार रहेको भन्दै समस्या समाधान गर्ने प्रयास भइरहेको पनि उल्लेख गरेका छन् ।
यसो त नेरुडे मिर्मिरे लघुवित्त भित्र पोष्ट मर्जर लफडा यतिसम्म पुगेका छ कि केही समयअघि मात्रै संस्थाको कोशी प्रादेशिक कार्यालयमा निमिष आचार्यमाथि ज्यानै लिनेगरी कुटपिट भएको थियो । जुन घटनाको नालीबेली अर्थ सरोकारले यसअघि नै सम्प्रेषण गरिसकेको छ । अर्कोतर्फ संस्थाको कटारी शाखा र रुपन्देहीको गोनाहा शाखामा दिनदहाडै महिला कर्मचारीमाथि हातपात भएको घटना पनि अर्थ सरोकारले सार्वजनिक गरेको थियो । जुन घटनाको विषयमा आफूहरु जानकार भएको र कारबाही प्रक्रिया अघि बढाइसकेको संस्थाका सीईओ बस्यालले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्