×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, ‘आहा भन्ने योजना आएन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अधिकारी र कार्कीको अन्तर्वार्ता सकियो, ‘आहा भन्ने योजना आएन’

Artha Sarokar

९ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका दुई उम्मेदवारको अन्तर्वार्ता सकिएको छ । आज (आइतबार) बिहान अर्थ मन्त्रालयमा कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता सकिएको हो ।

कार्की नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत हुन् भने अधिकारी बोर्डकै कार्यकारी निर्देशक हुन् ।

अर्थ मन्त्रालयले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि आज तीन जनालाई बोलाएको भए पनि चिरञ्जीवी चापागाइँ भने अनुपस्थित भएका थिए । उनी तत्कालीन बीमा समितिका अध्यक्ष हुन् ।

यता अन्तर्वार्तामा सहभागि भएका कृष्ण कार्की र डा. नवराज अधिकारी दुवैको अन्तर्वार्ता सकिएपछि दुवैको योजना ‘आहा भन्ने खालको आएन’ भन्ने चर्चा अर्थ मन्त्रालयमा चलिरहेको छ । यसले यसअघि नै अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिइसकेका सन्तोष नारायण श्रेष्ठको पक्षमा माहोल बनेको स्वयम् अर्थ मन्त्रालयकै अधिकारीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी