Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारवाहीपछि ‘पोजेटिभ सर्किट’ लागेको कर्णालीमा चलखेलको गन्ध, धितोपत्र बोर्डले अनुसन्धान गर्दै 

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबारमाथि अनुसन्धान सुरु गरेको छ । राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेलगत्तै बैंकको सेयरमा ‘पोजेटिभ सर्किट’ लागेपछि बोर्डले अनुसन्धान सुरु गरेको हो । 

बोर्डमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै कर्णाली डेभलपमेन्ट बैंकमाथि अनुसन्धान सुरु गर्न थालिएको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार वित्तीय अवस्था साह्रै झुर भएको देखेपछि बैंकिङ कारोबार रोक्का गरेर राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गरेको अवस्थामा सोही बैंकको सेयरमा पोजेटिभ सर्किट लाग्नु अस्वभाविक भएको भन्दै बोर्डले अनुसन्धान सुरु गरेको हो । 

अनुसन्धानका क्रममा बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग बैंकको सेयर कारोबारबारे सम्पूर्ण विवरण मागेको बोर्डका ती अधिकारीले पुष्टि गरेका छन् । 

यसो त कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गरेको शिघ्र सुधारात्मक कारवाही पत्रमा बैंकले पुँजीकोष अनुपात कायम नगरेको र वित्तीय विवरणमा ७.७२ प्रतिशत खराब कर्जा उल्लेख गरे पनि इन्सपेक्सनका क्रममा बैंकको निष्क्रिय कर्जा ४०.८५ प्रतिशत पुगेको तथ्य फेला पारेको थियो । सोही कारण राष्ट्र बैंकले ६ महिनाभित्र सुध्रिन भन्दै कारवाही गरेको थियो । सोही कारवाहीपछि सो बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो । 

राष्ट्र बैंकले समस्याउन्मुख भनेको बैंकको सेयरमा पोजेटिभ सर्किट लागेपछि सेयर बजारमा कर्णालीको सेयरमा खेलाडी लागेको चर्चा सुरु भएको थियो । त्यसपश्चात् बोर्ड अध्यक्ष श्रेष्ठ स्वयम्‌ले त्यसतर्फ चासो देखाएपछि हाल बोर्डले कर्णालीको सेयर कारोबारमाथि अनुसन्धान गरिरहेको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK