×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिलाम गरेको जग्गा फिर्ता गर्ने सहमतिपछि कृषि विकास बैंकको ताला खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लिलाम गरेको जग्गा फिर्ता गर्ने सहमतिपछि कृषि विकास बैंकको ताला खुल्यो

Artha Sarokar

१२ पुष २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि विकास बैंकको लहान शाखामा लगाइएको ताला खुलेको छ । बैंकले प्रक्रिया मिचेर जग्गा लिलाम गरेपछि ऋणी र स्थानीयले बैंकमा लगाएको ताला सहमतिपछि खुलेको हो ।

आक्रोशित ऋणी पक्ष र बैंकबीच भएको वार्तापछि बैंकको लहान शाखामा लगाइएको ताला खुलेको बैंकका एक कर्मचारीले जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार लिलाम भएको जग्गा फिर्ता गर्ने सहमतिपछि बैंकमा लगाइएको ताला खुलेको हो । ‘ऋणी पक्ष र बैंकबीच करिब ८ घण्टासम्म वार्ता भयो ।’, अर्थ सरोकारसँग ती कर्मचारीले भने, ‘मालपोतमा पत्र पठाएर लिलाम भएको जग्गा तत्काल रोक्का गर्ने र प्रक्रिया मिलाएर जग्गा फिर्ता गर्ने सहमति भएको छ ।’

उक्त सहमतिसँगै ऋणी पक्षको वार्ता टोलीले प्रक्रिया मिचेर जग्गा लिलाम गर्ने कार्यमा संलग्न बैंकका कर्मचारीमाथि छानबिन गरी कारवाही गर्न पनि माग गरेका छन् ।

सिराहको लहान नगरपालिका-२ का रामचन्द्र यादवका अनुसार उनले २०७७ फागुन १५ गते बैंकमा ७ धुर जग्गा धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएका थिए । हालसम्म उक्त ऋणको साँवा र किस्ता गरी कुल १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरेको यादवको भनाई छ ।

बिना जानकारी करिब डेढ करोड पर्ने जग्गा बैंकले कर्मचारीको मिलेमतोमा ३५ लाखमै लिलाम गरेपछि ऋणीपक्ष आन्दोलित बनेका थिए । उनीहरुले बैंकका कर्मचारीलाई भित्रै थुनेर बैंकको गेटमा तालासमेत लगाइदिएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी