×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विवादित प्रवक्ता’लाई सरुवा गर्दै अध्यक्षले गरे बोर्ड सुधारको सुरुवात, डा. अधिकारीको पूर्ववत् जिम्मेवारी खोसियो 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘विवादित प्रवक्ता’लाई सरुवा गर्दै अध्यक्षले गरे बोर्ड सुधारको सुरुवात, डा. अधिकारीको पूर्ववत् जिम्मेवारी खोसियो 

Artha Sarokar

१७ मंसिर २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ । बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भए लगत्तै बोर्डको विभागीय जिम्मेवारी हेरफेर गरिएको हो । 

बोर्ड अध्यक्ष श्रेष्ठले बोर्डको पदभार ग्रहण गरेको भोलिपल्टै बोर्डमा रहेको चार विभागमध्ये तीन विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन् । तर, बोर्डको नियमन विभागमा रहेका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको भने जिम्मेवारी हेरफेर गरिएको छैन ।

यसअघि व्यवस्थापन र कानून विभाग प्रमुख रहेका बोर्डका वरिष्ठ कार्यकारी निर्देशक नवराज अधिकारीलाई नीति अनुसन्धान र तालिम विभागको जिम्मेवारी दिइएको छ । अधिकारी धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार र बोर्ड अध्यक्ष श्रेष्ठका प्रतिस्पर्धी हुन् । 

त्यस्तै, व्यवस्थापन र कानून विभाग प्रमुखको जिम्मेवारी यसअघि सुपरीवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको छ भने सुपरीवेक्षण विभागको जिम्मेवारी नीति, तालिम तथा अनुसन्धान विभागमा रहेका कृष्णराज पोखरेललाई दिइएको छ । त्यस्तै, बोर्ड अध्यक्ष श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पनि हेरफेर गरेका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेको डा. अधिकारीलाई हटाएर प्रवक्तामा बोर्डका उपकार्यकारी निर्देशक निरंजय घिमिरेलाई ल्याइएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी