काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज लगिएको छ । सोमबार पोखराबाट काठमाडौँ ल्याइएका रविलाई काठमाडौँबाट बुद्ध एयरको जहाजबाट सिमरा पुर्याइएको थियो । सिमराबाट गाडीमा उनलाई वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
पर्साको सानो पाइला सहकारीमा भएको रकम अपचलनमा रविसहित १४ जनाविरुद्ध मंसिर १९ गते पक्राउ पुर्जी जारी भएको थियो ।
सानो पाइला सहकारीका पूर्व सञ्चालक सूर्यदर्शक सहकारी ठगी प्रकरणका नाइके, गोरखा मिडिया नेटकर्व प्रालिका अध्यक्षसमेत रहेका गितेन्द्रबाबु (जीबी) राई हुन् । हाल उनी फरार छन् ।
सानो पाइला सहकारीबाट पनि गोरखा मिडिया नेटवर्क प्रालिमा पैसा गएको र अपचलन भएको आरोपमा अनुसन्धान तथा बयानका लागि रविलाई वीरगञ्ज लगिएको हो । रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट वीरगञ्ज पुर्याइएको छ ।
रवि लामिछानेमाथि यसअघि कास्कीको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनाबारे बयान लिने काम भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्