×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी प्रकरणः पर्सामा सुरु भयो रविको बयान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सहकारी ठगी प्रकरणः पर्सामा सुरु भयो रविको बयान

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पर्सामा बयान सुरु भएको छ । सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट वीरगञ्ज पुर्याइएका लामिछानेको मंगलबार बिहानदेखि सरकारी वकिल कार्यालय पर्सामा बयान सुरु भएको हो ।

हाल रविको सरकारी वकिल कार्यालयमा सानो पाइला सहकारीको बचत अपचलन आरोपमा बयान लिने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही प्रकरणमा बयानका लागि पर्सा पुर्याइएका पूर्वडिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र नेचर्स हबका सञ्चालक रामबहादुर खनाललाई भने कास्की फिर्ता गर्ने तयारी गरिएको छ ।

सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको देखिएपछि प्रहरीले छवि, रवि र खनालविरुद्ध पक्राउ पुर्जी लिएको थियो । पक्राउ परेका लामिछानेविरुद्ध सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण असुरमा अनुसन्धान भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी