काठमाडौँ । चन्द्रागिरी नगरपालिकाका-१२ का वडा अध्यक्ष पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा वडा अध्यक्ष ह्नुच्छेबहादुर महर्जन पक्राउ परेका हुन् ।
महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका वडा अध्यक्ष महर्जनविरुद्ध काठमाडौँको ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
उनीमाथि सहकारी ठगी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।